यसरी मनाए पूजा र आकाशले होली



नेपाली सिने जगतको लोकप्रिय जोडीको रुपमा परिचित पूजा शर्मा र आकाश श्रेष्ठ प्राय ठाउँमा एकसाथ देखिने गरेका हुन्छन् । एकअर्काको बर्थ डे देखि अवार्ड कार्यक्रमहरुमा यी दुईलाई सँगै देख्न सकिन्छ । यसैबिच यी दुईले यसपटकको होली पनि एकसाथ मनाएका छन् ।

काठमाण्डौका विभिन्न स्थानमा होली खेल्दै पूजा र आकाश बूढानीलकण्ठसम्म पुगेका थिए । होली पर्व भन्ने वित्तिकै खुशी र उमंगको पर्व रहेको बताउँदै नायक आकाश श्रेष्ठले कोरोनाका कारण खुम्चिएर होली मनाउन पर्दा रमाइलो नभएको बताए ।

उनले भने–‘होली उल्लासको पर्व हो । तर, कोरोनाले लगातार २ बर्षदेखि हामीलाई सताइरहेको छ । जसको कारणले हामीले खुम्चिएर होली मनाइरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्