बाल उद्धार माध्यमिक विद्यालयको ३१ औँ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न (फोटो फिचर)

काठमाडौँको कपनस्थित बाल उद्धार माध्यामिक विद्यालयको ३१ औँ बार्षिकत्सव तथा सम्मान कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भव्य र सव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रम व्यवस्थापन र विद्यालयको गुणस्तरलाई बुझेर कार्यक्रममै शिक्षामन्त्रीले भने, “ दक्ष शिक्षक, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बाल उद्धार माध्यमिक विद्यालयबाट अरु सामुदायिक विद्यालयहरुले पनि सिक्नुपर्छ ।”
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अतिथिहरु :






विद्यालयका प्रधानाध्यापक बिनोद पण्डितले ११ बर्ष पछि भएको भव्य कार्यक्रम आफैँमा उत्कृष्ट रहेको र यस किसिमको कार्यक्रम बाल उद्धारकै इतिहासमा नभएको सेतोपेजलाई बताए ।
विधालयद्वारा सम्मानित व्यक्तित्वहरु:

















२०४६ सालमा स्थापना भएको बाल उद्धार विद्यालयको वर्तमान व्यवस्थापन समितिले स्थापना कालदेखि योगदान पुर्याएका पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरु, विद्यालयमा पढाउने उत्कृष्ट शिक्षक, अभिभावक, विद्यार्थीका साथै विद्यालयलाई विभिन्न ढगंले सहयोग पुर्याउने समाजसेवी तथा प्राज्ञिक व्यक्तित्व र सामाजिक संघसंस्थाहरुलाई पनि सम्मान गरेको थियो ।
विधार्थीहरुद्वारा सम्मानित व्यक्तित्वहरु




कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलले छोटो समयमा विद्यालय व्यवस्थापन समितिले गरेको कामको प्रशंसा गर्दै यसबाट अरु विद्यालयले पनि सिक्नुपर्ने बताए । त्यसैगरी बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का अध्यक्ष नवराज भट्टराईले विद्यालयमा भएको सुधारप्रति खुसी व्यक्त गर्दै छिट्टै बाल उद्धार देशभरिकै उत्कृष्ट विद्यालय बन्ने आशा व्यक्त गरे ।
विधार्थीहरुद्वारा प्रस्तुत गरिएका नृत्य, नाटक, वाचन तथा आविष्कारहरू :
















विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत आस्था घिमिरे, अमृतराज पन्त, पासाङ भोटे, भिषण कार्की, मनिषा आचार्य र सोनाम तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक सहायक प्रधानाध्यापक राजन प्रसाद रेग्मी, विभिन्न कक्षामा अध्ययरत विद्यार्थीहरुले स्वागत नृत्य गरेका थिए भने विद्यालयको बार्षिक प्रतिवेदन प्रधानाध्यापक बिनोद पण्डितले प्रस्तुत गरेका थिए । बिहान १० बजेबाट सुरु भएको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम साँझ ६ बजे समापन भएको थियो ।
अतिथि, आयोजक, शिक्षक तथा विधार्थीहरुका सामुहिक तस्विरहरु :



















