टिप्परले ठक्कर दिदाँ कलङ्कीमा पैदलयात्रीको निधन



गतराति बल्खुबाट थानकोट जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिप्परले ठक्कर दिँदा करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको नाम ठेगाना पहिचान हुन बाँकी छ ।

टिप्पर चालक ३० वर्षीय युवक थोकरलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताए ।

जेब्राक्रसमा बाटो काट्दै गरेका पैदलयात्रीलाई टिप्परले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्