प्रहरीको घरमा चोरी गर्न पसेका चोर प्रहरीकी छोरीको कोठामा गएर सुते, त्यसपछि चोरको भयो यस्तो हालत…



केहीदिन अघिमात्र थाइल्याण्डमा अनौठो घटना घटेको छ । थाइल्याण्ड सेन्ट्रल प्रान्तको एक घरमा चोर चोरी गर्नको लागि छिरे । तर घरमा एसी चलिरहेको देखेपछि आनन्दले सुत्नको लागि चोर एउटा कोठामा छिरे ।

बिहान जब घरमालिक उठे उनी चकित परे । कोठामा एसी चलिरहेको थियो र त्यहाँ बेडमा एक व्यक्ति सुतिरहेका थिए ।

यो कोठा उनकी छोरीको थियो र त्यस दिन उनकी छोरी घरमा थिइनन् त्यसैले त्यो कोठा खाली थियो । मालिकले झ्यालबाट हेर्दा छोरीको कोठामा अर्कै व्यक्ति सुतिरहेको देखेपछि पुलिसलाई बोलाए । जब ती चोरलाई उठाइयो उनी आँखा मिच्दै उठे र यस्तो अभिनय गरे मानौं उनलाई केही थाहै छैन ।

रोचक कुरा त के भने जुन घरमा चोर समाथिए त्यो घर पनि पुलिसकर्मीकै थियो । रिपोर्टका अनुसार यी चोरले त्यो घरबाट केही मूल्यवान सामान चोरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्