‘अदालतले जन्मिसकेको बच्चालाई फेरि गर्भमा राख्ने अनौठो काम गरेको छ’ : प्रचण्ड



शनिबार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जन्मिसकेको बच्चालाई फेरि गर्भमा राख्ने अनौठो काम अदालतले गरेको टिप्पणी गरेका छन् ।

उनले नेकपा माओवादी केन्द्र र एमाले ब्यूँताउने फैसला गरेर अदालतले दिउँसै रात पार्ने काम गरेको टिप्पणी गरे ।

माओवादी र प्रचण्डलाई तेजोवध गर्ने षड्यन्त्र भइरहेको बताउँदै उनले यसको विरुद्धमा आफू लड्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्