६५ वर्षीय बाबुद्वारा १४ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार, बालिका २० हप्ताकी गर्भवती भएपछि खुल्यो कर्तुत



लामो समयदेखि गुल्मीको सदरमुकाममा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरीलाई गर्भधारण गराएको खुलासा भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरे गर्भधारण गराएको प्रहरीले खुलासा गरेको हो ।

डिएसपी पाण्डेले आरोपितको उमेर यकिन भइनसके पनि बालिकाका आमाका अनुसार आरोपित बाबुको उमेर अन्दाजी ६५ वर्ष रहेको बताए । आरोपितमाथि पटक–पटक छोरीलाई बलात्कार गरेको आरोप छ । बालिका २० हप्ताको गर्भवती रहेको पनि उनले बताए ।

स्थानीयका अनुसार छोरीलाई बाबुले कुट्ने मार्ने धम्की दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्