सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य



काठमाडौं । कोभिड-१९ संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना महामारीको जोखिम न्युनीकरणका लागि मास्क प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताए ।

त्यस्तै सार्वजनिक यातायातमा सिट क्षमता बराबर मात्र यात्रु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था गर्ने, अनुगमनलाई प्रभावकारी बनाउनेलगायतको निर्णय भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्