बैठकमा जाने ‘नोट अफ डिसेन्ट’ राख्ने अनि फर्कने : सुरेन्द्र पाण्डे



काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलको बैठकमा आफूहरू सहभागी हुने बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह ३ संसदीय दलको बैठक बालुवाटारमा राखेका छन् ।

उक्त बैठकमा आफूहरू सहभागी हुने पाण्डेले बताए ।

‘बैठकमा जाने आफ्ना कुरा राख्ने, ‘नोट अफ डिसेन्ट’ राख्ने अनि फर्कने,’ कलंकीमा आज बसेको खनाल(नेपाल पक्षको भेलापछि नेता पाण्डेले पत्रकारहरूसँग भने।

खनाल-नेपाल पक्षका सबै सांसद आजको संसदीय दलको बैठकमा जाने पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्