खनालले भने : ‘संसदीय दलको बैठकमा जान्छु’



काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाल संसदीय बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा आफू सहभागी हुने खनालले बताए।

कलंकीमा खनाल र माधवकुमार नेपाल पक्षको बैठकलगत्तै पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै खनालले भने, ‘संसदीय दलको बैठकमा म जान्छु।’

आज अपरान्ह ३ बजे बालुवाटारमा संसदीय दलको बैठक छ। उनले संसदीय दलको बैठक दलकै कार्यालयमा राख्नु राम्रो हुने पनि बताए।

प्रतिक्रिया दिनुहोस्