‘ह्याप्पी बर्थ डे’ झरना थापा !



नायिकासँगै पछिल्लो समयमा आफूलाई निर्देशकको रुपमा समेत परिचित गराइसकेकी कलाकार झरना थापाको आज जन्मदिन रहेको छ । झरनाको जन्मदिन परेकाले उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ ।

कामको कुरा गर्नुपर्दा यतिबेला झरनाले ए मेरो हजुर ४ को निर्देशन सकिन् । अनमोल र सुहानाको मुख्य भूमिका रहेको चलचित्र आउने भदौ २८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने बताइएको छ ।

हाम्रो तर्फबाट पनि झरनालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्