पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ८९१ जनाको नमुना परीक्षण गर्दा १२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ३ हजार ९६३ जनाको नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको थियो । बिहीबार थपिएका संक्रमितमध्ये ६५ जना काठमाडौं उपत्यकाका हुन् । यस्तै पछिल्लो २४ घण्टामा कास्कीमा १९, दाङमा ६, मोरङ र रुपन्देहीमा ४/४ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्