भारतबाट आएका २४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा.कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको रुपैडियालगायत पश्चिम क्षेत्रका नाकाबाट प्रवेश गरेकाहरुमा संक्रमण देखिएको छ । उनले भने, ‘उहाँहरुलाई आइसोलेसनमा राख्न निर्देशन दिएका छौं ।’ छिमेकी मुलुक भारतमा पछिल्लो समय फेरि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको छ । त्यहाँ कोरोना भाइरसको ‘डबल म्युटेट भेरियण्ट’को भेटिएपछि उच्च सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्