प्रहरीले सवारीकर्ताको चाँबी खोसेर निधारमा घुसाइ दिएपछि…..



एजेन्सी । भारतको उत्तराखण्ड पुलिसले पुलिस डिपार्ट नै बदनाम गराउने गरी एउटा घटना घटाएको छ ।

बाईक चेकिङको समयमा सवारीकर्ताको चाँबी खोसेर निधारमा ठोकीदिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

रुद्रपुर सिटी पेट्रोल युनिट (सीपीयू)ले एक बाइक चालक युवकको निधारमा चाँबी घुसाइदिएको हो । उक्त घटना पछि आक्रोशित स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्