कलाकार दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक

काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ ।
उनको फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागिएको निरौलाले जानकारी दिइन्।
कलाकार सरोज खनालको पनि अकाउन्ट ह्याक भएको उनले बताइन् ।
‘सरोज खनालको नामबाट बहिनी कता छौ ? एउटा कुरा गर्नुछ। यो कोड एकचोटी पठाऊ त भनेर म्यासेज आयो । त्यसपछि मैले कोड पठाइदिएँ,’ निरौलाले भनिन्,’ पठाएको एकछिनपछि हेर्दा त फेसबुक ह्याक भएको रहेछ।’
ह्याक गर्ने व्यक्तिले निरौलाको अकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बिरामी भयो एक लाख रुपैयाँ पठाइदिनु भनेको उनले बताइन् ।
‘मेरो अकाउन्टबाट भान्जा सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रुपैयाँ दिनु न भनेर पठाइएको रहेछ । त्यसपछि भान्जाले डिटेल्स माग्यो,’ उनले भनिन्,’ सरोज दाइको अकाउन्ट ह्याक भएको रहेछ ।’
फेसबुक ह्याक भएकोबारे उजुरी दिन प्रहरी कार्यालयमा बुझिरहेको उनले जानकारी दिइन्।