स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्छौं : प्रधानमन्त्री अ‍ोली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने बताएका छन् । कृर्षि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार गरेको कार्यक्रममा उनले रारायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन कुनै एक परियोजना नै उपलब्ध गराउन सरकार तयार रहेको बताए ।

नेपालमा हालै अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‍मा अर्यालले हालै दिएको प्रतिवेदनमा नेपालमा मल कारखाना सञ्चालन गर्न सकिने र त्यसका लागि भारतबाट प्राकृतिक ग्याँस ल्याउने उल्लेख गरेका थिए ।

नेपालमा केही वर्षमा विजुली खेर जाने स्थिति आउने तर भारतबाट प्राकृतिक ग्याँस ल्याएर मल कारखाना चलाउनु उचित नहुने विज्ञहरुले बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको बताए । कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीति अनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्