दुर्गाप्रसादले पाए नेपाली नागरिकता



काठमाडौं । ४० वर्षपछि भारतीय जेलबाट मुक्ति पाएर घर आइपुगेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयले बिहीबार तिम्सिनालाई नागरिकता प्रदान गरेको हो ।

२०१७ साल साउन २० मा जन्मेका दुर्गाप्रसादले माई नगरपालिका–१० ठेगानाको नागरिकता पाएको कार्यालयले जनाएको छ । मानसिक रूपमा बिरामी रहेका दुर्गाप्रसादको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ । तर, नागरिकता नहुँदा समस्या आउनसक्ने भएपछि उनको नागरिकता बनाएको परिवारजनले जनाएका छन् ।

दुर्गाप्रसाद व्यक्ति हत्या अभियोगमा सन् १९८० मा भारतमा जेल परेका थिए । २० वर्षको हुँदा २०३७ सालमा घरबाट हिँडेका उनको नागरिकता बनेको थिएन ।

प्रतिक्रिया दिनुहोस्