नेपाल समूहले डाक्यो केन्द्रीय समिति बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधवकुमार नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ ।

उक्त समूहका नेता सुरेन्द्र पाण्डेले काठमाडौंमा बस्ने गरी शुक्रबारका लागि बैठक डाकिएको जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुनेछ ।

यसैबीच नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले मागेको स्पष्टिकरण पनि तयार पारेका छन् । नेता पाण्डेले स्पष्टिकरण तयार भइरहेको जानकारी दिए ।

यसअघि अध्यक्ष ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्