समाजसेवी तिर्थ सुनारद्धारा खेलाडीलाई जर्सी हस्तान्तरण



काठमाडौं । समाजसेवी तिर्थ सुनारले खेलाडीलाई जर्सी हस्तान्तरण गरेका छन् ।

सुर्खेतमा भइरहेको प्रथम चुलि कपमा हाम्रो कम्प्युटर ईन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर सुर्खेत को भलिबल प्रतियोगिताका खेलाडीलाई समाजसेवी सुनारले जर्सी वितरण गरेका छन्।

जर्सि उक्त टिमका ब्यबस्थापक र कोचर तथा हाम्रो कम्प्युटर ईन्स्टिच्युटका सञ्चालक पदम बहादुर बि.क. र खगेन्द्र मल्ल लार्इ हस्तान्तरण गरका थिए ।

नेपालको खेल उझेलमा परेको अबस्थामा यसको प्रबर्दनधको लागी खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरिएको बताए । उनले खेलक्षेत्रमा लागेका खेलाडीलाई प्रोत्सान गर्नको लागी आफुले थोरै भएपनि सहयोग गर्न पाउदा निकै खुशि भएको बताए ।

उहाँले खेलाडी हरुले खेलकुदका माध्यम बाट स्वास्थ्य र समाज निर्माण गर्नुका साथै खेलको स्तर वृद्धि गर्दै जान सक्ने भएकाले ईन्स्टिच्युटका खेलाडी हरुलाइ सहयोग गरिएको जिकिर गरे ।

No description available.

स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने नारा दिएपनि सरकारले खेलक्षेत्रमा लगानी गर्न नस्कदा धेरै खेलाडीहरु पलायन भएको बताए ।

समाजसेवी सुनारले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । कोरोना माहामारीले रोजगारी गुमाएका मजदुर, विधार्थी र वृद्धावृद्धिहरुलाई पनि समाजसेवी सुनारले सहयोग गरेका हुन् ।

उनले आगामी दिनमा पनि विभिन्न क्षेत्रमा समाजसेवा गर्ने आफ्नो लक्ष्य रहेको बताए । सुनारले यसअघि पनि सिम्ताकै भलिबल खेलाडीलाई जर्सी बितरण गरेका थिए ।

खेलाडीका तर्फबाट हाम्रो कम्प्युटर ईन्स्टिच्युटका प्रबन्धक खगेन्द्र मल्लले समाजसेवी सुनार लाइ हार्दिक धन्यवाद ब्यक्त गरेका छन् । यस्तो समयमा खेलाडीहरुलाई प्रोत्साहन गर्नेहरु अझ बढ्दै जाने हुन् भने नेपालको खेल क्षेत्रलाई उचित गन्तव्यमा पुर्‍याउन त्यति समय पर्खिनु पर्दैन भन्दै जर्सि बुझेर समाजसेवी सुनारको प्रसंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्