रुकुम पश्चिममा विप्लव निकटको युवाको संयोजकमा लोकेन्द्र



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल जिल्ला समिति रुकुम(पश्चिम)को बैठक जिल्ला आयोजक समिति संयोजक क.लोकेन्द्रको नेतृत्वमा सम्पन्न भएको छ । बैठक मुसिकोट नगरपालिकामा सम्पन्न स्थित आफ्नै पार्टी कार्यालयमा सम्पन्न भएको हो ।

बैठकमा पार्टी जिल्ला इन्चार्ज क.चन्द्र बहादुर बुढाको प्रमुख आथित्यता, अखिल(क्रान्तिकारी) जिल्ला समिति रुकुम(पश्चिम)का अध्यक्ष प्रेम प्रशान्त बोहरा, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य टेकबहादुर पाण्डे, अखिल (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष क.सोम्पाल कामी, सह-सचिव प्रकाश विक र कोषाध्यक्ष क.धनु ओलीको आथित्यता रहेको थियो ।

बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय लिइएको र बैठकका निर्णय वक्तव्य मार्फत जानकारी गराइने बताइएको छ । युवा संगठन नेपाल रुकुम(पश्चिम) को बैठकमा बोल्दै प्रमुख अतिथि क.चन्द्रले बैज्ञानिक समाजवादी राज्य सत्ता प्राप्ति गर्न, जनताको शान्ति, समानता, स्वाधीनता, समृद्धि, अग्रगमन, न्याय, सच्याई, सभ्य र सुन्दर मानव सभ्यताको निर्माणको चाहानालाई पुरा गर्नको निम्ति युवाहरूमा त्या , समर्पण, लगानीको भावना जागृत हुनुपर्ने बताए ।

No description available.

बैठकलाई निर्देशित र प्रशिक्षीत गर्ने क्रममै क.चन्द्रले पार्टीको तत्कालीन कार्यनीति, एकीकृत जनक्रान्तीको दृढ कार्यान्वयन र वर्तमान परिवेशमा युवा संगठनको भुमिका सबैभन्दा अग्रणी रहने बताए ।

युवाहरू समाजको अन्याय, अत्याचार, शोषण, दमन, उत्पिडन, कुसंस्कार, बिभेद, असमानता, असभ्यता, जुवातास, तस्करी, महंगी लगायतका सबै प्रकारका सामाजिक, आर्थिक, साँस्कृतिक तथा सामाजिक क्षेत्रमा रहेका विकृति र विसङ्गतीका विरुद्ध आम श्रमजीवी र उत्पीडित युवाहरूलाई एकतावद्व गर्दै संघर्ष गर्नु रहेको बताए ।

साथै वर्तमान दुनियाँलाई नेतृत्व प्रदान गर्नको निम्ति युवाहरूले अग्रगामी सोच र चिन्तन राख्नुपर्ने अन्यथा प्रतिगामी सोच , चिन्तन र प्रवृत्तिले जनताको बीचमा प्रतिक्रान्ती लादिराख्ने र पुरानै असफल दलाल पुजीवादी व्यवस्था र नेतृत्व मार्फत राष्ट्र र जनता लाई शोषण र लुट मच्चाइराख्ने भएकोले एकीकृत जनक्रान्तिमा लामबद्व युवा संगठन नेपालका सम्पुर्ण यौद्वाहरु इमानदार, प्रतिबद्ध , अग्रगामी र क्रान्तिकारी सोच र व्यवहारबाट प्रज्वलित हुन निर्देशित र प्रशिक्षित गरे।

प्रतिक्रिया दिनुहोस्