पार्टी कार्यालय अनुगमन गर्न थापाथली जाँदै प्रधानमन्त्री ओली



काठमाडौं । पार्टी कार्यालय रहने भवन अवलोकनका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली जाने भएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री ओली उक्त भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग जान लागेका हुन् ।

प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षाकर्मीहरू र पार्टीका केही नेता उपस्थित छन् ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्