राष्ट्रपति भण्डारी स्वदेश फिर्ता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छन् ।

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा।एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा।वंशीधर मिश्र लगायतले बिदाइ गरेका थिए ।

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । रासस

प्रतिक्रिया दिनुहोस्