चुनावमा जान खुट्टा कमाउनेले प्रधानमन्त्री ओलीलाई नैतिकता सिकाउनु उपयुक्त हुँदैन : खगराज अधिकारी

काठमाडौं । नेकपा एमालेका सांसद् खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन डराउनेले नैतिकता सिकाएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओली निकट सांसद् अधिकारीले चुनावमा जान खुट्टा कमाउनेले प्रधानमन्त्री ओलीलाई नैतिकता सिकाउन उपयुक्त नहुने बताए ।
अविश्वासको प्रस्ताव ल्याएपछि फेल हुन्छ भन्ने डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने, ठाउँ-ठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने अनि नेकपा एमालेदेखि सातो जाने, चुनावमा जान खुट्टा कमाउने लोकतन्त्रको दुङदुङी बजाउने अनि नैतिकता कता गयो, उनले भने ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको छ । विशेषगरी माओवादी केन्द्रले ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।