संसद्सँग बदला लिन प्रधानमन्त्री आलीले प्रतिनिधिभाको अपमान गरे : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद्सँग बदला लिन प्रधानमन्त्री केपी शर्मा आलीले प्रतिनिधिभाको अपमान गरिहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै सांसद् थापाले ओली नेतृत्वको सरकार रहेसम्म संसद्को अपमान भइरहने बताए ।

हामी स्पष्ट छौं, जतिदिन यो सरकार रहन्छ, संसदको तिरस्कार र अपमान र उपेक्षा गर्ने क्रम बढ्दै छ, उनले भने यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछन् । किनकि यो संसद् र सांसदको अपमान हो । ‘

ओलीले आफूले चालेको प्रतिनिधिसभा विघटनको कदमलाई सही साबित गर्न संसद्लाई कामबिहीन बनाएको थापाको दाबी छ । कहिले प्रश्न छल्न हठात् संसद बैठक स्थगित गर्ने, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग गर्ने अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गराउन संसदलाई कामविहीन बनाउने प्रपञ्च गर्ने ? उनले भने ।

प्रतिक्रिया दिनुहोस्