पत्रकारसँग झोक्किँदै देउवाले भने : विपक्षी पार्टी भनेको सुन्नु भएन ? जानुस्



बिराटनगर । नेपाली कांग्रेसका सभापत शेरबहादुर देउवाले सरकारमा जान आफूहरुले सरकारमा जान हतार नगरेको बताएका छन् ।

तर जिम्मेवारी आए नभाग्ने बताए । कांग्रेसका दिवंगत नेता अशोक कोइरालाका परिवारलाई भेट्न विराटनगर आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा जान हतार नगरेको बताए ।

पत्रकारहरुले भने सरकारमा कहिले जाने ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? जस्ता प्रश्न गरेका थिए । देउवाले कांग्रेस विपक्षी दल भएको बताए ।

ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न सोधेपछि भने कांग्रेस सभापति देउवा रिसाए । उनले झोक्किँदै भने, विपक्षी पार्टी भनेको सुन्नु भएन ?

त्यसपछि उनी ‘विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी ! जानुस्’ भन्दै उठेका थिए ।]

प्रतिक्रिया दिनुहोस्