नेकपा खारेज गर्ने फैसला पुनरवलोकनमा लागि माओवादी केन्द्रले निवेदन दिने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’सहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए । पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानका अनुसार नेताहरुले पुनरवलोकनमा जाँदा के-के विषय उठाउने भनेर परामर्श गरेका थिए ।

अब छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।

नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्