स्वर्गीय अभिनेता सुशान्त सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘छिछोरे’ बर्षकै सर्वोत्कृष्ट फिल्म घोषित



स्वर्गीय बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मुख्य भूमिका रहेको चलचित्र छिछोरे सर्वोत्कृट फिल्म घोषित भएको छ ।

सुशान्तको मृत्यु भएको ९ महिनापछि उनको फिल्मले सर्वोत्कृष्ट फिल्मको अवार्ड पाएको हो । सोमबार घोषणा भएको ६७ औं राष्ट्रिय फिल्म अवार्डमा २०१९ मा रिलिज भएका फिल्मलाई सम्मान गरिएको हो ।

छिछोरेका निर्देशक नितेश तिवारी हुन् ।

प्रतिक्रिया दिनुहोस्