ज्योतिष हरिहर अधिकारीले ‘द हरिहर अधिकारी शो’ ल्याउँदै, निता ढुगांना निर्देशक



केहीसमय देखि सामाजिक सञ्जालमा नायिका निता ढुगांना र ज्योतिष हरिहर अधिकारीको प्रेमको चर्चा चलिरहेको छ । तर अहिलेसम्म यी दुईले आफ्नो प्रेमबारे भने स्वीकारेका छैनन् । यसैबिच निता र हरिहरले नयाँ शो दर्शकमाझ ल्याउँदै छन् ।

युवा ज्योतिष हरिहर अधिकारीले ल्याउन लागेको नयाँ शो ‘द हरिहर अधिकारी शो’ निताको निर्देशनमा आउँन लागेको हो ।

सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने शोमा रेखा थापा, कोमल ओली लगायत अतिथी लिएर केही भाग छायाँकन भैसकेका छन् । जसको निर्देशन उनले गरेकी हुन् ।

नीता एक भोजपुरी फिल्मको छायाँकनका लागि भारतको आगरामा पुगेको बेला हरिहर पनि उनलाई भेट्न त्यहाँ पुगेका थिए । नीतालाई भेट्न हरिहर त्यहाँ पुग्नुलाई धेरैले उनीहरुको बीच प्रेम रहेको समेत अडकल काटेका छन् ।

प्रतिक्रिया दिनुहोस्