राजेश र सारीकाको ‘औठी सुनैको’ रिलिज…(भिडियो सहित)



नेपाली गीतसंगीत क्षेत्रमा एकपछि अर्को प्रस्तुती आउने क्रममा राजधानी फिल्मस् प्रा.लि बाट दमदार रुपमा ल्याईएको औठी सुनैको नामक गीतले चर्चा परिचर्चा कमाएको छ । तुलसा तामाङको निर्माण रहेको गीतमा शब्द लेखन अन्जु राईको रहेको छ ।

गीतमा मोडलिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल परिचित अनुहार मोडल तथा सर्जक रमन पहाडीले लय भरेका छन् भने पछिल्लो समयका चर्चित लोक गायक निकेश तामाङ र नव गायिका तुलसा तामाङले सुमधुर स्वर भरेका छन् । एरेन्ज यम थापा र गीतको अडियो भने लेकाली स्टुडियोबाट मान ब.बरालले तयार पारेका छन् ।

नेपाली सिने जगतका महान हस्ति महानायक राजेश हमाल र लोकदोहोरी क्षेत्रकी चर्चित मोडल सारिका केसीको दमदार अभिनय रहेको छ ।

विगत दुई दशकदेखि मेहनतरत पछिल्लो समयमा ट्रेडिङको यात्राले नछोड्ने बहुचर्चित निर्देशक देवेन्द्र कुवँरको निर्देशनको स्वाद चाख्न पाईने छ भने कोरियोग्राफर सिओन श्रेष्ठले गरेका छन् । मेहनती क्यामरामेन प्रकाश खड्काले भिडियोको कैद गरेका थिए, मेकअपमा सरिता मगर तथा सेट जटाले बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्