माल्दिभ्सको समुन्द्री किनारमा बोल्ड हिना, फ्यानले दिए यस्तो प्रतिक्रिया…



टेलिभिजन दुनियाँकी सर्वाधिक चर्चित अभिनेत्री हिना खान यतिबेला माल्दिभ्समा छुट्टी मनाइरहेकी छिन् । हिना प्रेमी रकीसँग माल्दिभ्स पुगेकी हुन् । यतिबेला हिनाका तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

हिनाले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरमा उनी निकै नै बोल्ड देखिएकी छिन् । माल्दिभ्सको समुन्द्री किनारमा बोल्ड देखिएकी हिनालाई दर्शकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । कसैले हिना राम्री देखिएको बताइरहेका छन् भने कसैले हिनालाई कत्तिपनि लाज नलागेको बताइरहेका छन् ।

तर यसबारे हिनाले भने कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्