कांग्रेस पदाधिकारी बैठक सुरु



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा केहीबेर अघिबाट सुरु भएको हो ।

बैठकमा समसायिक राजनीति, कांग्रेसको १४ औं महाधिवेशनको क्रियाशील सदस्यताको टुंगो लगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको आगामी भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यता छ । भोलि मंगलबारसम्म क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै अविश्वासको प्रस्ताव ल्याउन दबाबमा परेको कांग्रेसले सरकारको विषयमा आजको बैठकमा स्पष्ट धारणा ल्याउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्