सभामुख सापकोटाले भने : प्रधानमन्त्रीलाई भेट्न समय मागेको छु, खबर आउला

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा आलीसँग भेट गर्न समय मागेका छन् ।
आफूले प्रधानमन्त्री ओलीसँग भेटका लागि समय माग गरेको सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्रीसँग भेट गर्न समय माग गरेको छु । कानुन मन्त्रीमार्फत् कुरा भएको छ । खबर आउला, उनले भने ।
सरकारले बिजनेश नदिँदा प्रतिनिधि सभा बैठक प्रभावकारी हुन नसकेको गुनासो भइरहेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सरकारले बिजेनश नदिँदा संसद बैठक प्रभावकारी नभएको बताइरहेको छ ।
पुस ५ मा प्रधानमन्त्री अोलीले प्रतिनिधि सभा विघटन गरे पनि सर्वोंच्चले बदर गरिदिएपछि प्रतिनिधि सभा पुनस्र्थापना भई बैठक चलेको छ ।
बैठकमा सरकारले अध्यादेशहरु पनि पेश गरेको छैन ।