सचिव नहुँदा दैनिक कामकाजमा समस्या, कर्णाली प्रदेशको विकास मन्त्रालय लथालिङ्ग



सुर्खेत । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा सचिव नहुदाँ दैनिक कामकाज व्यवधान आएको छ । कागजमा सरुवा भएका मन्त्रालयका सचिव लोकनाथ पौड्यालको आर्थिक अधिकार नदिदाँ दैनिक कामकाजमा समस्या भएको हो ।

कागजमा सरुवा भएका पोड्यालले निमिक्त कार्यालयको सचिव वा आर्थिक अधिकार दिएर जानु पर्ने र कार्यालयबाट सरुवा भएको रमाना पत्र पनि नबुझेको कारणले कार्यालयको कामकागजमा समस्या आएको एक कर्मचारीले बताए ।

सामाजिक विकासमन्त्री रावलको मुख्यमन्त्रीलाई पत्र लेखेपछि यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आवश्यक कारबाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय ग¥यो । सरकारले पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरेको छ ।

कार्यालयमा फोटोकपी कागजसमेत छैन सचिव पौड्यालले कामकाजका बिषयमा कसैलाई जानकारी नदिएर गएका कारणले, कार्यालयमा आर्थिक अधिकार कसैलाई नदिएका कारणले कार्यालयको फोटोकपी कागज र टेलिफोनको बिल समेत तिर्न नसकेको कार्यालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्