माधव नेपालसहित चार नेतालाई महासचिव पोखरेलले पठाए तीन दिने स्पष्टीकरण



काठमाडौं । माधव नेपालसहित ४ नेतालाई एमालेले स्पष्टीकरण सोधेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।

पार्टी कार्यालयका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पु¥याएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए ।

स्वकीय सचिवहरुमार्फत स्पष्टीकरण पत्र थमाइएको समेत उनले बताए ।

पार्टी हितविपरीत किन गतिविधि गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको महासचिव पोखरेल निकट स्रोतले बतायो ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरु सहभागी थिए ।

फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा गएको थिएन।

प्रतिक्रिया दिनुहोस्