मोटरसाइकल दुर्घटनामा १५ वर्षीय किशोरको मृत्यु



सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१५ मा भएको मोटरसाइकल दुर्घटनामा घाइते चालकको आज मृत्यु भएको छ । राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक राजविराज–हनुमाननगर सडकखण्डमा भएको दुर्घटनामा घाइते मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने १५ वर्षीय विवेककुमार मण्डलको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वा बस्ने १५ वर्षीय कौशल मण्डल घाइते भएका छन् । राजविराजबाट हनुमाननगरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते दुवै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो ।

उपचारका क्रममा मोटरसाइकल चालक विवेकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते कौशलको टाउको र छातीमा चोट लागेको छ । उनको समेत अवस्था गम्भीर भएपछि उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्