बिनोद भण्डारी र रुबिना अधिकारीको अभिनयमा “कदम कदममा” भिडियो सहित



काठमाण्डौ । लोकप्रिय गायक तथा शर्जक बिमल डाँगीको लय र गणेश चौलागाईंको शब्दमा भर्खरै मात्र अत्यन्त मनछुने गीत “कदम कदममा” सार्बजनिक भएको छ ।

डोल्पा जिल्लामा जन्मिएर नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त जुर्मुराई रहेका गायक तथा शर्जक बिमलको थुप्रै गीतहरु सामाजिक स्तरमा लोकप्रिय रहेका छन् । त्यसगरी स्थायी घर दैलेख भएका अर्का शर्जक गणेश चौलागाईंका सिर्जनाहरु पनि अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाई बन्ने गरेका छन् ।

“कदम कदममा” बोलको गीतमा पूर्णकला बि।सी र सुन्दर परियारको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतको म्युजिक भिडियोमा बिनोद भण्डारी र रुबिना अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मोडल स्वयम् बिनोद भण्डारीले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन मनोज कार्कीले गरेका छन् । प्रस्तुत गीत सुन्दर परियारको नाममा सार्बजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्