थप ७७ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा ३ हजार १६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्