क्षमताभन्दा बढी भार बोक्ने सवारी साधन कारवाहीमा पर्ने



काठमाडौं । यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ । मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही गर्न लागिएको विभागले जनाएको छ ।

मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्ड बमोजिम भार ओसारपसार गर्नुपर्ने भए पनि पछिल्लो समय त्यसको विपरीत हुने गरेको विभागमा गुनासो आएको प्रवक्ता डा।लोकनाथ भुसालले जानकारी दिए । विभागले यसअघि नै चितवनको अपटारी र महोत्तरीको बर्दिवासमा तौल पुल निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । विभागको सडक सुरक्षाका लागि मुख्य सडकमा तौल पुल निर्माण गरी सवारी साधनको भारवाहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्