नेता जोशीको उपचारका लागि सरकारले दिने १० लाख रुपैयाँ परिवारद्धारा अस्वीकार



काठमाडौं । सरकारले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने घोषणा गरेकोमा जोशीका परिवारले उक्त रकम अस्वीकार गरेका छन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई सरकारका तर्फबाट १०लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका थिए । उनले सरकारले उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको बताएका थिए ।

जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्