ओलीप्रति संकेत गर्दै भट्टराईले भने : नेपाली हिटलरको उदय भयो, होशियार !



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै शक्ति आफूमा केन्द्रीत गरिरहेको बताएका छन् ।

नेपाली हिटलरको उदय भएको दाबी गरेका भट्टराईले लेखेका छन्, नेपाली हिटलरको उदय त्यसरी नै भइरहेको छ । उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रीत गरेर सबैमाथि खड्ग चलाउँदैछ, होशियार ।

एमाले अध्यक्ष ओलीमाथि पछिल्लो समय शक्ति केन्द्रीकृत गर्न लागेको आरोप छ ।

भट्टराईले हिटलरबारे चर्चित भनाइसमेत उल्लेख गर्दै ट्वीट गरेका छन्, पहिले उनीहरु यहुदीविरुद्ध जाइलागे, म बोलिनँ किनकी म यहुदी थिइनँ । अन्त्यमा उनीहरु मविरुद्ध आइलागे, कोही पनि बाँकी थिएन ।

ओलीप्रति भट्टराई पछिल्लो समय आक्रामक देखिएका छन् । उनले ओलीलाई प्रधानमन्त्रीबाट छिटो बिदा गर्नुपर्ने बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्