आफ्नी आमा कुट्ने सेनाको गोली हानी हत्या गरे १३ वर्षका किशोरले

अमेरिकामा १३ वर्षका किशोरले आफ्ना सौतेनी पिताको हत्या गरेका छन्।
आफ्नी आमालाई कुटपिट गरेको भन्दै १३ वर्षका किशोरले टेक्सासको फोर्ट ब्लिसमा तैनाथ ३१ वर्षका एलन एडवार्डमाथि गोली चलाएका हुन्।
यसैहप्तको आइतबार यो घटना भएको हो। आइतबार राति आफ्नी आमालाई कुटपिट गर्न थालेपछि ती किशोरले सौतेनी पितासँग भएको बन्दुक खोसेर कयौंपटक उनीमाथि गोली प्रहार गरेका थिए।
एडवार्ड अफगातिस्नातमा तैनाथ भइसकेका सेना थिए। उनी सन् २००८ मा अमेरिकी सेना भर्ती भएका थिए। एडवार्डले ती किशोरकी आमालाई एक वर्ष अगाडि मात्र विवाह गरेका थिए। गत जुलाईमा उनीहरुबाट छोरी जन्मिएको थियो।
प्रहरीले ती किशोरलाई हिरासतमा लिएर थप अनुसन्धान सुरुवात गरेको छ। किशोरले भने सौतेनी पिताले आमालाई कुटपिट गरेकाले गोली चलाएको स्वीकार गरेका छन्। डेली मेल