समाजवादी प्राध्यापक मञ्च र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघबीच समायोजन सम्पन्न, अध्यक्षमा उप–प्राध्यापक डा. तिवारी



काठमाडौं, ६ चैत्र । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको यही चैत्र ४ गते १३औं वार्षिकोत्सव र संगठन समायोजन कार्यक्रम सम्पन्न भएको छ । उक्त संगठन समायोजन कार्यक्रम जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको संघले जनाएको छ ।

रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रममा समाजवादी प्राध्यापक मञ्च र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको समायोजन सम्पन्न भएको जनाईएको हो । उप–प्राध्यापक डा. उदयकिशोर तिवारीको नेतृत्वमा ६३ सदस्यीय समिति पनि गठन भएको छ ।

कार्यक्रममा राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उप–प्राध्यापक डा. उदयकिशोर तिवारीले समाजवादी प्राध्यापक मञ्च र रालोप्रासंबीच समायोजन भएको बताए । उनले दुई शक्ति एक भएको भन्दै खुशी व्यक्त गरे । उनले समाजवादी प्राध्यापक मञ्च र लोकतान्त्रिक प्राध्यापक आज संघ एक भएको भन्दै अन्य विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई आवद्व हुनसमेत आग्रह गरे ।

विश्वविद्यालयका पदाधिकारीहरुले राम्रा र योग्य भन्दापनि आफ्ना मान्छेलाई नियुक्ती गर्दा विश्वविद्यालयप्रतिको विश्वासमा संकट पैदा हुन थालेको उप–प्राध्यापक डा. तिवारीको भनाई छ । उनले जोड दिँदै भने,‘अब तीनवटा प्राध्यापक शक्तिहरुको बीचमा सहमति गरेर अगाडी बढाउँदा विश्वविद्यायलको हित हुन्छ ।’

कार्यक्रममा बोल्दै संघका महासचिव तथा उप–प्राध्यापक उदयकुमार कर्णले चैत ४ गते सम्पन्न वार्षिकोत्सव कार्यक्रममा लोकतान्त्रिक प्रध्यापक संघ र समाजवादी प्राध्यापक मञ्चबीच एकता सम्पन्न भएको बताए । उनले भने, ‘लोकतान्त्रिक प्रध्यापक संघ विशुुद्व रुपमा उच्च शिक्षा विश्व विद्यालयमा अध्यापन गर्ने एउटा प्रागिक संस्था हो ।’ उनले उच्च शिक्षामा समावेसी र समानुपातिक प्रवेशको सुनिश्चित्ता लगायत शैक्षिक आदर्शप्रति समर्पित भएर लागेको संस्था भएको जिकिर गरे ।

संघका उपाध्यक्ष तथा सह–प्रध्यापक डा.अरुण कुमार ठाकुरले प्रध्यापक संघ विश्व विद्यालयमा स्थापित तेस्रो शक्तिको रुपमा रहेको बताए । उनले भने,‘प्राध्यापक संघलाई वैकल्पिक शक्तिको रुपमा अगाडी बढाउन चाहन्छौँ ।’ विश्वविद्यालयमा क्वालिटेटिभ लिडरसिप र भीजनको कमी भएको उनले औल्याए । थिंक ट्याङकलाई लिएर अगामी दिनमा थुप्रै नीतिहरूले ल्याउने समेत उनले जानकारी दिए । ठाकुरले कार्यक्रममा प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।

संघका अर्का उपाध्यक्ष तथा उप्र–प्राध्यापक अशोक थापाले राजनीतिक रुपमा प्राध्यापकहरु एउटा सचेत समूदाय रहेको बताए । उनले भने,‘राजनीतिक रुपमा पनि हामी विभिन्न दललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समर्थन गर्छौँ ।’

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको

मिति: २०७७ – १२ – ६ गते

प्रेस विज्ञप्‍ति

आदरणीय पत्रकार मित्रहरू यही मिति २०७७-१२-४ गते राष्ट्रिय लोकतान्तिक प्राध्यापक संघको १३ औँ वार्षिक उत्सव र सङ्गठन समायोजन कार्यक्रम जसपाका अध्यक्ष महन्त ठाकुरको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा समाजवादी प्राध्यापक मञ्च र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको समायोजन घोषणा भयो । यस कार्यक्रमा जसपाका वरिष्‍ट नेता राजेन्द्र महतोले पनि सम्बोधन गर्नुभएको थियो भने उक्त कार्यक्रममा संघका अध्यक्ष डा. उदयकिशोर तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो । झण्डै ३०० जना प्राध्यापकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा ‘गणतन्त्र सुदृढीकरणमा प्राध्यापकको भूमिका’ शीर्षकमा उपप्रा. अखिलेश कुमार सिंहले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रा. चिरिक शोभा ताम्राकारको नेतृत्वमा रहेको समाजवादी प्राध्यपक मञ्च र रालोप्रासंबीच समोयोजन भएको थियो । उक्त कार्यक्रमको घोषणा र मिति २०७७-१२-५ गते समायोजन समितिको बैठकले निम्नानुसारको पदाधिकारी र केन्द्रीय समिति एवं सल्लहाकार समितिको गठन गरेको थियो । यस समायोजित समितिको सूची यसप्रकार रहेको जानकागरी गराउँदछु ।

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ

समायोजन समितिको घोषणा

  • उपप्रा. डा. उदयकिशोर तिवारि (अध्यक्ष)
  • उपप्रा. अखिलेश कुमार सिंह (ब. उपाध्याक्ष)
  • उपप्रा. डा. अशोक थापा (उपाध्यक्ष)
  • सहप्रा. डा. अरुण कुमार ठाकुर
  • सहप्रा. गीता श्रेष्ठ
  • सहप्रा.डा. विनोद शाह
  • सहप्रा. राजनेश्‍वर प्रसाद यादव
  • उपप्रा. अजय चौधरी
  • उपप्रा. राकेशप्रसाद जैसवाल
  • उपप्रा. राकेश ठाकुर
  • उपप्रा. राजेश जोशी गौतम
  • उपप्रा. उदय कुमार कर्ण (महासचिव)
  • सहप्रा. कृष्णदेव भगत (सचिव)
  • सहप्रा. निरञ्जन शाह (सचिव)
  • उपप्रा. त्रिभुवन बरईं (सचिव)
  • उपप्रा. सुरेश प्रसाद कुसवाहा (सचिव)
  • उपप्रा. नवीन झा (सचिव)
  • उपप्रा. राजेश कुमार झा (सचिव)
  • उपप्रा. अनिल मण्डल (सचिव)
  • उपप्रा. दामोदर त्रिपाठी (सचिव)
  • उपप्रा. नागेन्द्र झा (सचिव)
  • उपप्रा. जवाहारलाल यादव (सचिव)
  • उपप्रा. आनन्द यादव (सचिव)
  • उपप्रा. बज्रेस झा (कोषध्यक्ष)
  • प्राडा. रामनाथप्रसाद यादव- केन्द्रीय सदस्य
  • सहप्रा. डा. उमेश श्रिवास्तव- केन्द्रीय सदस्य
  • सहप्रा. डा. उमेश चौरसिया- केन्द्रीय सदस्य
  • सहप्रा. डा. धिरेन्द्र सिंह- केन्द्रीय सदस्य
  • सहप्रा. उमेस कुमार झा (ललन, केन्द्रीय सदस्य)
  • सहप्रा. सम्भूप्रसाद साह – केन्द्रीय सदस्य
  • सहप्रा. डा. हेमकुमार मिश्र – केन्द्रीय सदस्य
  • उपप्रा. गणपतिनाथ झा – केन्द्रीय सदस्य
  • उपप्रा. पवनकुमार मिश्र- केन्द्रीय सदस्य
  • उपप्रा. प्रवीन झा – केन्द्रीय सदस्य
  • उपप्रा. वीरेन्द्र पण्डित – केन्द्रीय सदस्य
  • उपप्रा. पन्नालाल प्रसाद कुशवाहा – केन्द्रीय सदस्य
  • उपप्रा. रामविनय प्रसाद यादव – केन्द्रीय सदस्य
  • उपप्रा. डा. रनधिर झा – केन्द्रीय सदस्य
  • उपप्रा. मञ्जुदेव – केन्द्रीय सदस्य
  • उपप्रा. वीरवहादुर पण्डित- केन्द्रीय सदस्य
  • उपप्रा. अर्जुन श्रेष्‍ठ- केन्द्रीय सदस्य
  • उपप्रा. वीरेन्द्रकुमार यादव- केन्द्रीय सदस्य
  • उपप्रा. गीता राजभण्डारी – केन्द्रीय सदस्य
  • उपप्रा. ज्ञानेन्द्र लाल कर्ण – केन्द्रीय सदस्य
  • उपप्रा. रोशनी रञ्जित- केन्द्रीय सदस्य
  • उपप्रा. सुनिल कर्ण – केन्द्रीय सदस्य
  • उपप्रा. ज्ञानेन्द्र पाठक – केन्द्रीय सदस्य
  • उपप्रा. नबल किशोर यादव- केन्द्रीय सदस्य
  • उपप्रा. सगुन्ध रेग्मी – केन्द्रीय सदस्य
  • उपप्रा. इश्वरमान मानान्धर – केन्द्रीय सदस्य
  • उपप्रा. श्रवणकुमार यादव- केन्द्रीय सदस्य
  • उपप्रा. सन्तोष कुमार ठाकुर- केन्द्रीय सदस्य
  • उपप्रा. अशोक कुमार सिंह – केन्द्रीय सदस्य
  • उपप्रा. यदुनी दास- केन्द्रीय सदस्य
  • उपप्रा. अभयकान्त सिंह- केन्द्रीय सदस्य
  • उपप्रा. उमेश राज सिलवाल – केन्द्रीय सदस्य
  • सुमन कर्ण- केन्द्रीय सदस्य
  • धर्मवीर प्रधान- केन्द्रीय सदस्य
  • शम्भुप्रसाद साह- केन्द्रीय सदस्य
  • विश्‍वनाथ कर्ण- केन्द्रीय सदस्य
  • दिनेश मण्डल- केन्द्रीय सदस्य
  • मनोज शाह- केन्द्रीय सदस्य
  • बुधई प्रसाद विश्‍वकर्मा

सल्लाहकार समिति

  • सहप्रा. बालकेशर ठाकुर (संयोजक)
  • प्रा.डा. इश्वरचन्द्र दत्त
  • प्रा.डा. चिरिक शोभा त्राम्राकार
  • प्रा.डा. परशुराम मिश्र
  • प्रा.डा. कृपाराम मेहता
  • प्रा. रामविश्‍वास साह
  • प्रा.डा. श्यामनारायण लाभ
  • सहप्रा. सूर्यनारायण यादव
  • सहप्रा. सम्भुनाथ झा
  • प्रा.डा. चन्द्रकिशोर सिंह
  • सहप्रा. डा. अर्चना प्रसाद

प्रतिक्रिया दिनुहोस्