‘खनाल–नेपाल समूह कारबाहीको लायक छन्’ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल नेतृत्व सरकार समूह कारबाहीको भागीदार रहेको बताउँदै उनीहरुलाई कारबाही हुने बताएका छन् ।

ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीको लायक भएको जिकिर गरे ।

बैठकका सहभागी एक सांसदका अनुसार ओलीले खनाल–नेपाल समूहको चाहना एमालेमा बस्ने नभएको बरु पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने भएको बताए ।

उनले खनाल–नेपाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पनि चर्को आलोचना गरे । ‘भेलाका अगुवाहरुलाई कारबाही गरेर जानुको विकल्प छैन । त्यसका लागि विधि र पद्धति बनाइन्छ’, ओलीले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं ।

प्रतिक्रिया दिनुहोस्