एमाले बैठकमा सहभागी हुन बालुवाटार पुगे वामदेव गौतम



एमाले नेता वामदेव गौतम पार्टीको बैठकमा उपस्थित हुनको लागि बालुवाटार पुगेका छन् । उनी केही बेरअघि बालुवाटार प्रवेश गरेका हुन् ।

शनिबार पार्टी संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ भने सोही बैठकमा गौतम सहभागी हुने एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।

पार्टीका माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्