बिहे भएपछि २७ बर्षसम्म श्रीमानसँग छुट्टिएर बसेकी थिइन् अलका, यस्तो थियो कारण…



अलका याग्निक बलिउडकी सर्वाधिक चर्चित गायिका हुन् । झन् ९० को दशकमा त बलिउडमा उनको मात्र राज थियो । अलका २ हजार बढी गीत गाइसकेकी छिन् । उनले हिन्दी भाषामा मात्र नभएर अन्य १६ भाषामा गीत गाइसकेकी छिन् । उनै अलका आज आफ्नो ५५ औँ जन्मदिन मनाउँदै छिन् ।

आज अलकाको जन्मदिन भएकाले उनीसँग जोडिएका केही रोचक कुराहरु यतिबेला चर्चामा छन् । धेरैलाई थाहा नहोला तर विवाह भएको २७ बर्षसम्म अलका आफ्ना श्रीमानसँग टाढा थिइन् ।

अलकाले १९८९ मा शिलोंगका व्यवसायी निरज कपूरसँग बिहे गरेकी थिइन् । तर, बिहेपछि २७ वर्षसम्म यी दुई एक अर्काबाट अलग रहे ।

निरजको व्यवसाय शिलोंगमा थियो । अलकाको काम भने सपनाको सहर मुम्बइमा थियो । यही कारण यी दुईको लागि एक अर्कासँग छुट्टिएर बस्नु बाध्यता बन्यो । एक अर्कासँग छुट्टिएर बस्दा उनीहरुको जीवनमा धेरै चुनौती आए तर यी सबैका यीचमा यी दुईको सम्बन्ध भने सुन्दर तरिकाले अगाडि बढिरह्यो । निरज बेलाबेला मुम्बइ त आउँथे तर विवाहपछिको अधिकांश समय अलकाले सिंगल मदरको रुपमा बिताइन् र आफ्नै बलमा सन्तान हुर्काइन् ।

धेरैले त्यसबेला यी दुईबिच झगडा भएर सायद अलग बसेका होलान् भनेर सोच्थे । तर अलका र उनका श्रीमानबिच कुनैपनि झगडा भएको थिएन । कार्यव्यस्तताका कारण यी दुई एकअर्काबाट लामो समयसम्म टाढा रहेका छन् । सांगितीक दुनियाँमा भने अहिले पनि अलकाको नाम बहुचर्चित गायक उदित नारायण झासँग जोडिने गरेको छ । उदित र अलकाले एकसाथै थुप्रै गीतहरु गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्