पुष्प र श्रद्धाको ‘कृष्णलिला’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो सहित)



पुष्प खड्का पछिल्लो समयमा युवापुस्तामाझ चर्चित अभिनेता हुन् । उनले एकपछि अर्को चलचित्रमा निरन्तर काम गरिरहेका छन् । यसैबिच पुष्प अभिनीत चलचित्र कृष्णलिला को अफिसियल ट्रेलर भर्खरै सार्वजनिक भएको छ ।

लभस्टोरी कथामा निर्मित चलचित्रमा पुष्पसँगै नायिका श्रद्धा क्षेत्रीको पनि मुख्य भूमिका रहेको छ । कृष्णलिला चैत्र २७ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने बताइएको छ ।

लकडाउन खुलेसँगै इलाम र झापाका सुन्दर लोकेशनमा छायाँकन भएको फिल्म दीपक वलीले निर्देशन गरेका हुन् । फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँ वाला गौतम, भावना गुरुङ, आयुष गुरागाईँ लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्