पम्फा भुसालले भनिन् : प्रधानमन्त्री ज्यू मिडियाको कार्टुन हेर्नुस्



काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिडियाको कार्टुन हेर्न सुझाएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले प्रतिनिधि सभा विघटन सर्वोच्चबाट बदर भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा आफूले गरेको बताइन् ।

‘सारा मिडियाको कार्टुन हेर्‍यो भने के छ, अलिकति आत्मसमीक्षा गर्नुपर्दैन ?, भुसालले भनिन्,’ प्रधानमन्त्री निकटका साथीहरू छातीमा हात राखेर बिहान योगा हैन योगाका ठाउँमा आत्मसमीक्षा गरौं ।

उनले मन्त्रीहरुलाई नेताहरुको अन्ध समर्थन नगर्न आग्रह गरिन् ।

उनले प्रतिनिधिसभा बैठकमा नेकपा एमालेको केपी ओली पक्षका सांसदहरुको उपस्थितिप्रति व्यङ्ग्य कसिन् ।

प्रतिक्रिया दिनुहोस्