ओली सरकार बनेदेखि नै संविधानमाथि प्रहार भइरहेको छ : बालकृष्ण खाँण



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएको छ ।

आज प्रतिनिधि सभा बैठकमा दलका तर्फबाट बोलेका प्रमुख सचेतक बालकृष्ण खाँणले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले अब नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बताए ।

‘यति ठूलो असंवैधानिक कदम चालेको र अदालतले उक्त कदम बदर गरेपछि प्रधानमन्त्रीले नैतिकता र जवाफ दिनुपर्छ कि पर्दैन ?,’ उनले भने, ‘प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न पर्छ कि पर्दैन ? यतातर्फ संसद गम्भीर रहोस् ।’

सरकार संविधानकै जगमा उभिएको भन्दै उनले ओली सरकार बनेदेखि नै संविधानमाथि प्रहार भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्