सरकारले दुइटै मुद्दा हारे पनि अदालतले आलोचना गरेको छैन : मन्त्री ज्ञवाली



काठमाडौं । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारले दुइटै मुद्दा हारे पनि अदालतको आलोचना नगरेको बताएका छन् ।

दलका तर्फबाट आज प्रतिनिधि सभामा बोलेका मन्त्री ज्ञवालीले भने, ‘सरकारको हिसावले भन्ने हो भने, प्रधानमन्त्रीको हिसावले भन्ने हो भने हामी दुइटै मुद्दा हारेका छौं । मुद्दा हारे पनि हामीले अदालतलाई कुनै आलोचना वा आछेप लगाएका छौं न कुनै ढंगले अगाडि बढेका छौं ।’

अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको थियो । एमाले तथा माओवादी एकीकरण गरी बनाएको नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको पनि सर्वोच्चले फैसला गरिदिएको थियो । यसतर्फ संकेत गर्दै ज्ञवालीले दुवै मुद्दा हारेको उल्लेख गरेका हुन् ।

उनले सरकारका तर्फबाट ल्याइएका विधेयकहरु संसदमा टेबुल गर्न नपाएको पनि बताए । संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिइएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्