‘द भ्वाइस अफ नेपाल’ सिजन ३ आजबाट प्रशारणमा आउँदै



द भ्वाइस अफ सिजन ३ को दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । अब भने दर्शकको प्रतिक्षाको घडी सकिएको छ । आजबाट हिमालय टेलिभिजनमा द भ्वाइस अफ नेपाल सिजन ३ प्रशारणमा आउँदै छ ।

आज बेलुकी ८ बजेबाट यो शो प्रशारण हुन लागेको हो । गएराति राजधानीमा यसको प्रिमियर पनि गरिएको थियो । प्रिमियरमा शोका कोचहरु, निर्माता, निर्देशक र विज्ञापनदाता उपस्थित थिए ।

यो बर्ष शोको निर्णायकमा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ कोचको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्