प्रचण्डले भने : ओलीले नेपाललाई बेवास्ता गरे, अब उहाँहरुले सङ्घर्ष गर्नुहुन्छ



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल गएपछि एमालेमा खैलाबैला भएको बताएका छन् ।

सिन्धुलीमा बुधबार नेता कार्यकर्ताहरुसँगको भेटघाटमा प्रचण्डले नेपाल पक्षलाई ओलीले बेवास्ता गरेको र अब उनीहरुले एमालेभित्र संघर्ष गर्ने बताए ।

नेपाल पक्ष कम्युनिष्ट पार्टी एकताको पक्षमा रहेको प्रचण्डको भनाई छ । नेपाल पक्षले एमालेमा सङ्घर्ष गर्ने र अन्ततः कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने उनको दाबी छ ।

‘माधवजीहरु गएपछि त्यहाँ (एमाले)मा खैलाबैला भएको छ । यिनी त झमेलामा मात्र गर्ने हुन् भन्ने परेको छ । त्यसो भएर केपीले हतारमा अस्ति २८ गते बसेर सबै कार्यविभाजन गरेर, केन्द्रीय सदस्य थपघट गरेर माधवहरुलाई वास्तै गरेनन् ।

कतिपयले कम्युनिष्ट पार्टीबीचको एकतालाई गलत अर्थ लगाएपनि तर त्यसो नभएको उनको दाबी छ । उनले पार्टी एकताबाट आफूहरुले सबै तहमा जनसमर्थन प्राप्त गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्